धरान : सियोन स्कुल धरानले आफनो स्कुलको बदनाम हुने गरी संचारमाध्यममा आएको समाचारको भत्सर्ना गरेको छ ।

आज धरानमा पत्रकार सम्मेलन गर्दै केही दिन अघि एउटा अनलाईनमा सियोन 'स्कुलमा सुरक्षित छैनन् छात्राहरु, एसइइको तयारीमा रहेकी छात्रा माथि शिक्षकबाटै यौन दुव्र्यबहार' भन्ने शिर्षकको समाचार प्रकासन भएको थियो ।

धरान १६ स्थित सियोन स्कूलका बिरुद्धमा सुनियोजित रुपमा कपोकल्पित र भ्रामक समाचार सम्प्रेषण भएको भन्दै यसको भत्सर्ना गरिएको छ ।

समाचारको खण्डन गर्दा १८ लाख रकम माग गर्नु र उक्त रकम दिन स्कुल असमर्थ भएपछि अझ विद्यालयलाई गम्भिर आँच पुग्नेगरी शिक्षक, अभिभावक र हजारौं विद्यार्थीको मान, इज्जत र प्रतिष्ठा समेत समाप्त गर्ने कुनियत राखी बदनीयतपूर्ण समाचार निरन्तर प्रकाशन गरेर पत्रकारिता जस्तो सम्मानित पेशा र जनताको भरोसाको केन्द्रप्रति अविश्वास उत्पन्न गराई पत्रकार आचार संहिता, मुलुकको कानून र नियमलाई समेत धज्जी उडाएका कारण सो अनलाईन र त्यस कार्यमा सम्लग्न व्यक्तिहरुले पत्रकारिताका नाममा गरेको ज्यादती, धम्की, ब्याल्कमेलिङ, पित पत्रकारिता र अपराध कर्मको पर्दाफास गरी सत्यतथ्य कुरा आमसञ्चार माध्यममा ल्याउन पत्रकार सम्मेलन गरिएको विज्ञप्तीमा उल्लेख छ ।