धरान : धरान उपमहानगरपालिका ६ पानवारीमा एक बालिकालाई बलात्कार गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पानवारी प्रहरी चौकीमा पिडितले दिएको मौखिक उजुरीको आधारमा आज अपरन्ह ४ बजे धरान ६ पानवारी बस्ने अन्दाजी ३४/३५ बर्षिय सन्तोष कार्कीलाई पानवारी प्रहरीले पक्राउ गरेको पानबवारी प्रहरी चौकीका प्रमुख असई भेषबहादुर राउतले बताए ।

स्थानीय १५ बर्षीय एक वालिकालाई स्कुटर सिकाईदिने वहानामाा जंगलमा लगेर बलात्कार गरेको मौखिक उजुरी प्रहरीमा परेपछि उनलाई पक्राउ गरिएको प्रहरीले बताएको छ ।

प्रहरी चौकी पानवारीले आरोपितलाई पक्राउ गरेर इलाका प्रहरी कार्यालय धरान पठाइसकेको छ । घटना केही दिनअघिको भए पनि पीडित वालिकाको अभिभावक धरान बाहिर गएकाले उनीहरु फर्किएपछि मात्र यो घटना सार्वजनिक भएको हो ।

यता इलाका प्रहरी कार्यालय धरानले भने यो घटनाको बारेमा बलात्कार गरेको भन्ने कुरा आएकोले र आरोपित ब्यक्ति पक्राउ गरी धरान ल्याईएको बताएको छ ।

बलात्कारको आरोपीलाई इलाका प्रहरी कार्यालयमा ल्याईएको छ भोली अनुसन्धान पछि सवै कुराको बारेमा जानकारी दिने इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरिक्षक हेमराज ओलीले बताए ।
अभिभावक पहाड गएको बेला स्कुटर सिकाईदिने भनेर जंगलमा बलात्कार भएको भन्ने छ, हामीले मान्छे समातेर इलाका पठाइदिएका छौं, पानवारी प्रहरी चौकीका प्रमुख असई भेष बहादुर राउतले कपुरीलाई भने ।