धरान : धरान १० बस्ने २६ वर्षीय दीपेश लिम्बूलाई प्रतिबन्धित लागु औषध सहित प्रहरीले पक्राउ गरेको छ ।

धरान १० धर्म पथमा शङ्कास्पद रूपमा हिँडडुल गरी रहेका दीपेश लिम्बु प्रति शङ्का लागी प्रहरीको गस्ती टोलीले उनको शरीर तलासी लिँदा गोजीमा प्लास्टिकको पोका पारी लुकाई बोकेको लागु औषध ब्राउन सुगर ४ ग्राम , नगद २० हजार र मोबाइल १ थान बरामद गरेको छ ।

पक्राउ परेका लिम्बूलाई लागु औषध मुद्दामा आज जिल्ला अदालत सुनसरीमा म्याद थप गरी अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।