धरान : धरानमा मंगलबार शान्तिपुर्ण तरिकाले होली पर्व मनाईएको छ ।

मंगलबार विहान जर्वजस्ती रंग लगाएको भन्दै दुई जना युवती पक्राउ परेका बाहेक अरु अप्रिय घटना नघटेको प्रहरीले बताएको छ । दिउसो मोटरसाईकल र स्कुटरमा ट्राफिक नियम विपरित तीन जना चढेको र हेलमेट नलगाएको भन्दै भन्दै ५५ वटा सवारी साधन प्रहरीले नियन्त्रणमा लिएको थियो ।

नियन्त्रण गरिएका २८ वटा मोटरसाईकल र २७ वटा स्कुटर रहेको इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी ढुण्डीराज न्यौपानेले बताए । उनका अनुसार साँझमा जरिवाना तिराउदै नियन्त्रणमा लिईएका मोटरसाईकल तथा स्कुटर सम्वन्धीत सवारी धनीलाई बुझाईदैछ ।

धरानको मुख्य चौकहरुमा ठुलो भेला नहुनु र कम मानिस मात्रै सडकमा निस्किनुले गर्दा धरानमा यसपटक होली पर्व शान्तिपुर्ण भएको प्रहरीको भनाई छ ।