धरान : धरान उपमहानगरपालिकाको सफाईमा काम गर्ने स्थाई कर्मचारी कृष्णमाया राईको निधनका कारण आज बुधबार धरान उपमहानगरपालिका र २० वटै वडा कार्यालयमा शोक विदा भएको छ ।

धरान उपमहानगरपालिकाका प्रशासन महाशाखाका बरिष्ठ प्रशासकिय अधिकृत गणेश प्रसाद खतिवडाका अनुसार आज धरान उपमहानगरपालिकाका सम्पुर्ण कर्मचारी मलामी जाने भएकोले धरान उपमहानगरपालिकाको कार्यालय र २० वटै वडा कार्यालय बन्द रहनेछन् ।

धरान उपमहानगरपालिकाले आज सुचना जारी गरी शोक विदा दिईएको हो । राईको गए राति आफ्नै निवास धरान ११ मा निधन भएको हो ।