धरान : धरान उपमहानगरपालिका वडा नम्बर १८ मा चार दिने मोतिको माला र घरेलु धूप  बनाउने दुई दिने तालिम सम्पन्न भएको छ ।

चालू आर्थिक वर्षको लक्षित वर्गको बजेटबाट कार्यक्रम सन्चालन गरिएको सो तालिम नारी स्वतन्त्र मञ्च धरानले आयोजना गरेको हो । वडानं. १८ को सभाहलमा सम्पन्न तालिममा २५ जना महिलाहरू सहभागी थिए । चार दिने दिने मोति माला बनाउन हातेमालो महिला उद्यमि समुहका लिला ढकालले तालिम दिएका थिए ।

त्यसैगरी दुई दिने घरेलु धुप बनाउने तालिम निमा पोङ्स्युवाले दिएका थिए । हिमाली भेगमा पाईने सुनपाती भैरुङपातिबाट हाते धुप बनाउन सिकाईएको थियो । समापन कार्यक्रममा कोरोना भाइरस सम्बन्धि जनचेतना समेत दिईएका थियो । सो कोरोना सम्बन्धि जनचेतना बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानका डेपुटी डाइरेक्टर बिकास साहले दिएका थिए ।