धरान : डाँका मुद्दामा फरार रहेका धरान १४ विजयपुरका ताके भनिने एल्बिस राईलाई धरान प्रहरीले पक्राउ गरेको छ ।
उनले धरान १४ बस्ने प्रथम श्रेष्ठको पर्स र मोबाइल चोरेर फरार भएका थिए । इलाका प्रहरी कार्यालय धरानले शनिबार धरान १४ विजयपुरबाट उनलाई पक्राउ गरेको हो ।

आईतबार इलाका प्रहरी कार्यालय धरानले जिल्ला अदालतमा पेश गर्दा नगद ८० हजार रुपैया धरौटी बुझाउन नसक्दा  झुम्का कारागर थुनामा गएको इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी ढुण्डीराज न्यौपानेले जनाकारी दिएका छन् ।