धरान : मोरङ र सुनसरी जिल्लाका २ स्थानबाट नियन्त्रीत लागुऔषध सहित ३ जना पक्राउ परेका छन् ।

आईतवार बेलुका पौने ८ बजेको समयमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले सुनसरीको धरान उपमहानगरपालिका १५ का २२ बर्षीय निशान लिम्बुलाई नरफिन ५० पिस,डाईजोल्याप ५० पिस र एभिल ५० पिस सहित बिराटनगरको सजिलो बजार छेउबाट पक्राउ गरेको छ ।

यसैगरी लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका ४ बाट २ जनालाई पक्राउ गरेको छ ।

बिशेष सूचनाको आधारमा उक्त स्थानमा खटिएको टोलीले को ३५ प ६४१८ नम्बरको मोटरसाईकलमा सवार रहेका भोक्राहा नरसिंह गाउँपालिका ४ का २४ बर्षीय अरुण यादव र सप्तरीको छिन्नमस्ता गाउँपालिका ४ का २० बर्षीय बिबेक यादवको साथबाट नाईट्रोभेट ७ सय ५० क्याप्सुल, स्पास्मोप्रोक्सिवन १ हजार १ सय ६० क्याप्सुल र डाईलक्स डि.सी. १०० एम.एल.को २९ बोतल बरामद गरेको छ ।

लागुऔषध सहित पक्राउ परेका ३ नै जनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको एक नम्वर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।