पथरी : मोरङ्गको उर्लावारी ८ आम्वारीमा सोमवार साझ आगलागी हुदा २ घर जलेर नष्ट भएका छन् ।

स्थानिय पवित्रा सुव्वा र नविन सुव्वाको घर आगोलागीवाट नष्ट भएको इलाका प्रहरी कार्यालय उर्लावारीले जनाएको छ । साझ तिर स्थानियवासीले पवित्रा सुव्वाको घरको धुरीमा आगो देखेपछि निभाउन प्रयास गरेका थिए ।

दमक र गौरादहवाट आएका दमकलले आगोलाई २ घण्टा पछि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । आगोलागीवाट २० लाखको क्षति अन्दाज गरेको प्रहरीले वताएको छ । लिम्वुको घरमा पालेको सुगुर भने आगोको लप्का लागी मरेको छ । विघुत सर्ट भइ आगलागी भएको आशंका प्रहरीले गरेको छ ।