धरान : खोटाङ, मोरङ र झापाका तिन स्थानमा हिजो आगलागी हुँदा २५ लाख बराबरको क्षति भएको छ ।

खोटाङ हलेसी हात्तिटार बस्ने लोकेन्द्र माझीको घरबाट अचानक आगलागी हुँदा उनका छिमेकी सिता माझी र झन् बहादुर थापा समेतको घरमा आगो फैलिन गई तिनै घरमा आगलागी हुँदा घर, सुनका गरगहना तथा अन्य सर सरसामान जली नष्ट हुँदा १७ लाख ३५ हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

यसै गरी हिजो नै मोरङ बुढीगंगा १ पुष्पलाल चोक बस्ने भवनाथ धमलाको घरमा किराना पसल समेत रहेको एक कोठामा बिजुलीको लाइन सट भई आगलागी हुँदा पसलको सामानहरू जली नष्ट हुँदा ४ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

यस्तै झापा कमल गाउँपालिका-५ बस्ने धन बहादुर बि.क.को घरबाट बिजुली सर्ट भई आगलागी हुँदा छिमेकी सन्तोष बि.क. र सुजन बि.क. समेतको घरमा आगो फैलिएर तिनै घरमा आगलागी हुँदा ४ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

तिन स्थानमै लागेको आगो भनी स्थानीय मानिस र दमकलको सहयोगमा नियन्त्रणमा लिइएको एक नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।