धरान : धरान उपमहानगरपालिका १४ नम्वर वडा कार्यालयले अति विपन्न वर्गका ८ परिवारमा निः शुल्क मिटर जडान गरिदिएको छ ।

आज बुधबार नेपाल विद्युत प्राविधीकरण वितरण शाखा र धरान उपमहानगरपालीका वडा नं. १४ कार्यालयको सहकार्यमा १४ नंं. वडाबासीहरु मध्ये हालसम्म पनि घरमा अति विपन्नताका कारण मिटर जडान गर्न नसक्ने ८ परिवारमा निःशुल्क मिटर जडान गर्न कार्य भईरहेको १४ नम्वर वडा कार्यालयले जनाएको छ । “अहिलेको युगमा कोही पनि मानिसले अध्यारोमा जीवन निवार्ह गर्नु नपरोस् “ भन्ने उदेश्यले मिटर जडान गरेको वडाका वडाअध्यक्ष कृष्ण प्रसाद भट्टराईले बताए ।

नेपाल सरकारको चालु आर्थिक वर्ष २०७६/०७७ को योजना अन्तर्गत विभिन्न जिल्लाहरुमा अति विपन्न वर्गका परिवारमा निः शुल्क मिटर जडान कार्य धमाधम भइरहेको धरान उपमहानगरपालीका अन्य वडाहरुमा समेत मिटर जडान भएको जसमा विद्युत चुहावट, भैपरी आउने दुर्घटमा पनि मानविय क्षति पनि हुन सक्ने हुन्छ । विद्युत मिटर जडान गरिसके पछि नेपाल विद्युत प्राविधीकरण समेत राजस्व संकलनमा थप टेवा पुग्ने धरान वितरण केन्द्रका केन्द्र प्रमुख प्रताव बरालले बताए ।

मिटर जडानकै क्रममा वडाबासी मनिसा वि.क र दिलकुमार खत्रीले आफ्नो घरमा विजुली बलेकोमा नेपाल विद्युत प्राविधीकरण धरान वितरण केन्द्र र वडा नं. १४ कार्यालयलाई हृदयदेखि नै धन्यवाद दिए ।