धरान : धरान उपमहानगर क्षेत्रमा सरकारले घोषणा गरेको लकडाउन उल्लंघन गर्ने १ सय ५९ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय धरानका प्रमुख ढुण्डीराज न्यौपानेले दिएको जानकारी अनुसार बुधवार दिनभरी धरानमा १ सय ४४ पुरुष, १५ जना महिला गरी १ सय ५९ जनालाई प्रहरीले पक्राउ गरेको हो । यसैगरी लकडाउन उलंघन गरी चलाईएका सवारी साधनमा मोटरसाईकल र स्कुटर ४३ वटा, ट्रक १ वटा, टेम्पो ८ वटा र साईकल ३ वटा नियन्त्रणमा लिईएको थियो ।

प्रहरीले पक्राउ गरेका सर्वसाधरणलाई बुधबार साँझ फेरी घर बाहिर ननिस्कन भन्दै छाडिएको छ भने सवारी साधनलाई पनि सवारी धनीलाई जिम्मा लगाईएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।