धरान : मित्रराष्ट्र चीन बाट देखा परेको महामारी रोग कोरोना भाइरसका कारण अहिले बिश्व आक्रन्त बनीरहेको छ ।

यो समाचार तयार पारुन्जेल विश्वभर कोरोना भाइरसको संक्रमित संख्या ७ लाख ३७ हजार ९ सय २९ पुगेको छ भने मृत्यू हुनेको संख्या ३५ हजार १९ पुगेको छ । कोरोना भाइरस लागेर निको भएकाको संख्या १ लाख ५६ हजार ५ सय ७ रहेको छ ।

Lokdaun 13
सोमबार साँझ धरानको माछाभौडीमा सर्वसाधरणको भिड

यसरी विश्वमा ठुलो महामारीकोरुपमा देखा परेको कोरोना भाईरस संक्रमितको संख्या नेपालमा ५ जना पुगेको छ । कोरोना भाइरसको संक्रमण जोखिमबाट बच्नका लागि देशैभर सरकारले लकडाउनको घोषणा गरेको छ ।

Lokdaun 9
छाताचौक देखि केही मास्तिरको यो दृश्य

सरकारले लकडाउन घोषणा गर्नुको मुख्य उद्धेश्य सबै मानिस घर भित्र बसुन र कोरोना भाइरस संक्रमण हुन नसकोस भन्ने हो । तर जनताले लकडाउन उलंघन गरिरहेका छन् ।

Lokdaun 4
उपमेयरको गाडी नजिकै लकडाउनको बेला एक साईकलयात्री

धरानमा पनि लकडाउनमा सर्वसाधरण बाहिर ननिस्किउन भनेर धरान उपमहानगरपालिका, प्रशासनले लकडाउनलाई कडा पारेको भन्दै आएको छ । यसको बावजुद पनि सोमबार साँझ लकडाउनको प्रवाह नगरी सर्वसाधरणहरु घर बाहिर निस्किएका थिए । धरानको मुख्य चौक भानुचौक र छाताचौकमा कम मानिस निस्किएको भए पनि धरानको छाताचौक मास्तिर, माछाभौडी, पुरानो बजार, चतरा लाईन लगायतका स्थानहरुमा लकडाउनको व्यापक उल्लंघन भएको देखियो ।

Lokdaun 6
ट्राफिक प्रहरीको अगाडी लकडाउनको बेला ठेला चलाउँदै

मंगलबार देखि अझ लकडाउनलाई कडा पार्ने धरान उपमहानगरपालिकाले भनिरहदा लकडाउनको पनि सर्वसाधरणबाट उलंघन व्यापक भएको पाईएको छ । यसरी महामारीबाट जोगिन लकडाउनको घोषणा कार्यन्वयन नहुनु धरानमा चिन्ताको विषय बनेको छ । यसबारेमा स्थानिय सरकारको तुरुन्त ध्यान केन्द्रित हुन जरुरी छ ।

Lokdaun 15
सर्वसाधरण लकडाउनको बेला सडक किनारामा बसेर गफ गर्दे
Lokdaun 2
लकडाउनको बेला इभिनिङ वाक गर्दे दुई युवा । धरानमा लकडाउनको बेला पनि मर्निङवाक र इभिनिङवाक गर्नेहरु भेटिन्छन् ।
Lokdaun 14
नगर प्रहरी लकडाउनको बेला नहिडन सर्वसाधरणलाई भन्दै मोवाईल गस्ति गरे पनि धरानमा लकडाउन उलंघन अत्यन्तै भएको छ ।