धरान : अनेरास्ववियू महेन्द्र बहुमुखी क्याम्पस इकाई समितिले डेरा गरि बस्ने विद्यार्थीको लागि खाद्यान्न तथा अत्यावश्यक सामाग्री सहयोग गर्ने भएको छ ।

लकडाउनका कारण महेन्द्र बहुमुखी क्याम्पस धरानमा अध्ययन गर्ने विद्यार्थीको दैनिक गुजारामा समस्या परेको भन्दै समितिले खाद्यान्न सहयोग गर्न लागेको अनेरास्ववियूका नेता रविन श्रेष्ठले जानकारी दिए ।

उनले भने, ‘कोरोना भाइरसको कारण गरिएको लकडाउनले गर्दा यस महेन्द्र बहुमुखी क्याम्पस धरानमा अध्ययनरत डेरा गरि बस्ने विद्यार्थीहरुलाई ग्याँस, खाद्यान्न तथा साधारण औषधी लगायत अत्यावश्यक वस्तुहरु उपलब्ध गराउने र घर भाडा मिनाहा गर्नको लागि पहल गर्नेछ ।

श्रेष्ठले अनेरास्ववियू महेन्द्र बहुमुखी क्याम्पस कमिटीले डेरा गरि बसिरहेका विद्यार्थीहरुलाई वडा कार्यालयसँग समन्वय गरेर यस जटिल परिस्थितिमा सकेसम्मको सहयोग गर्न हरदम तयार रहेको बताए । उनले समस्यामा परेका विद्यार्थीले सामाजिक सञ्जाल तथा फोन सम्पर्क गरेर जानकारी गराउन अनुरोध गरेको छ ।