इटहरी : इटहरी उपमहानगरद्धारा इटहरीका २० वटै वडाहरुमा राहत वितरणका लागि खाद्य समाग्री पठाइएको छ ।

विपन्न र दैनिक ज्यालादारी गरेर जिविकोपार्जन गर्ने नागरिकलागि राहत वितरण गर्न वडाहरुमा खादयसमाग्री पठाइएको हो । सम्वन्धित वडा मार्फत वितरण गर्न वडाध्यक्षहरुलाई राहत समाग्री वुझाइसकिएको नगरप्रमुख द्धारिकलाल चोैधरीले बताए ।

वडाहरुले विपन्न र दैनिक ज्यालादारी गरेर जिविकोपार्जन गर्ने वडावासी नागरिकको लगत संकलन गरिसकेका छन । वितरणका लागि वडा वडामा प्याकेजिङका कार्य सकेपछि ब्यवस्थित तरिकाले वितरण गरिने भएको छ ।

लकडाउनका कारण इटहरीमा भोकमरीको अवस्था आउन नदिन राहत वितरण थालिएको प्रमुख चौधरीले बताएका छन् । इटहरीमा १० हजार वढिलाई राहत वितरण गर्ने तयारी छ ।