इटहरी : इटहरी उपमहानगरपालिकाकी उपप्रमुख लक्ष्मी गौतम सुत्केरी भेट कार्यक्रम लिएर इटहरीका पाँच जना सुत्केरी महिलाको घर घर पुगेकी छिन् ।

लकडाउनका वेला सुत्केरी भएका इटहरी २,९ र २० वडाका पाँच जना महिलाको घर घरमा पुगेर आमा वच्चाका लागि पोषिलो खानाका साथै न्यानो कपडा प्रदान गरिएको उपपमेयर गौतमले बताईन् ।

रिना विक,खुस्वु खातुन,यमुना खतिवडा,स्वस्तिका पुरी र गंगीया उराउ यी पाँचै जना इटहरी अस्पतालमा सुत्केरी भएका हुन । लकडाउनका वेला खाद्यान्न अभावले सुत्केरी महिला भोकभोकै वसेको खवर पाएपछि आफू दाल चामल नुन तेल लगायत पोसिलो खाद्या समाग्री सहित उनीहरुलाई भेटन गएको उनले बताईन ।

लकडाउनका वेला श्रीमानले समेत काम गर्न नपाए पछि सुत्केरी महिलाको विजोग भएको थियो । यो महाविपत्तीमा सवैको विजोगनै हुन्छ त्यसमा पनि सुत्केरी महिला र नवजात शिशुको झन विजोग हुने भएकाले सुत्केरी राहत प्याकेज लिएर उनीहरुको घर पुगेको बताईन ।