धरान : लकडाउनको बेलामा पनि धरान १३ स्थित कृषि बजारमा अहिले दैनिक ८० टन भन्दा बढी तरकारीजन्य बस्तु आयत भईरहेको छ ।

लकडाउनको पहिलो दिन थोरै मात्रै तरकारी आयत भएको र २ दिन तरकारी आयतनै ठप्प भएको थियो । तर त्यस पछि भने दैनिक ५० टनका दरले तरकारीजन्य बस्तु कृषि बजारमा आयत भएको थियो । अहिले भने त्यो दर बढेर दैनिक ८० टन भन्दा बढी तरकारी धरानको कृषि बजारमा आईरहेको कृषि उपज बजार स्थल धरानका व्यावस्थापक लक्ष्मण भट्टराइले जानकारी दिएका छन् । यो अनुपातलाई हेर्ने हो भने अहिले कृषि बजारमा दैनिक थोक मुल्यमा हेर्ने हो भने ३२ लाख बराबरको कारोबार भईरहेको छ ।

Krisibazar 2

यत्तिका धेरै तरकारी कृषि उपज बजारमा आयत भए पनि अहिले भने दैनिक ५० टनका दरले तरकारी निर्यात पनि भईरहेको छ । लकडाउनको बेलामा सर्वसाधरणले तरकारीमा कालो बजारी भएको भन्ने गुनासो गरे पछि धरान उपमहानगरपालिकाले वडा वडामा लगेर तरकारी आपुर्तिलाई सहज बनाउने निर्णय गरेको थियो । त्यस पछि धरानमै ५० टन तरकारी खपत भइरहेको व्यावस्थापक भट्टराईले बताएका छन् । धरान उपमहानगरपालिकामा केही दिन अघि बसेको बैठकले कृषि उपजबजार स्थल धरानको संयोजकत्वमा गठन भएको तरकारी विक्रि वितरण उपमितीले अहिले धरानका वडावडामा जनप्रतिनिधिहरुसंग सहकार्य गरेर तरकारी सर्वसाधरणलाई सहजरुपमा विक्रि वितरण गरीरहेको छ ।

Krisibazar 4

जस अनुसार धरानका विभिन्न वडाहरुमा खुद्रा पसलहरुले पनि वडाको सिफारिसमा तरकारी बेचविखन गर्न पाउने भएपछि अहिलेसम्म धरानका विभिन्न वडाले ५० भन्दा बढी पसललाई सिफारिस गरेर कृषि बजार पठाईसकेको छ । सबै वडाको सिफारिस गरी जम्मा जम्मी करिव १ सय २५ बढी सिफारिस आउन सक्ने कृषि उपज बजार स्थल धरानले जनाएको छ । उनीहरुले कृषि उपज बजार स्थलले निर्धारण गरेको मुल्यमा मात्रै बेचविखन गर्न पाउनेछन् ।

लकडाउनको बेलामा पनि तरकारीको सहज आयत भईरहेकोले तरकारीजन्य बस्तुमा कुनै समस्या नहुने बताईएको छ ।

Krisibazar 3

ब्यापारी भन्छन् प्रहरीले दु:ख दियो
अरुबेलाको तुलनामा लकडाउनको बेला तरकारीजन्य वस्तु आयतमा निकै समस्या भएको तरकारी व्यापारी शिवप्रसाद रोइलाले बताए । उनले भने, तरकारी बोकेर आउने गाडीलाई अनावश्यक प्रहरीले दु:ख दिने गर्दछन् । कृषि बजारले दिएको पास देखाउदा पनि दु:ख दिने गरेकोले प्रहरीको तरकारी बोक्ने गाडीलाई गर्ने व्यावहार फेरिनु पर्यो ।

तरकारी उत्पादक कृर्षक सम्म पुगेर तरकारी ल्याउन सक्यो भने तरकारीको मुल्य पनि उपभोत्ताले उपभोग गर्ने खालकै दाम हुन्छ । त्यसैले हामी तरकारी कृर्षक सम्म पुगेर तरकारी ल्याउदा अनावश्यक तरकारीजन्य गाडीलाई दुख नदिन उनले प्रहरीलाई आग्रह गरे ।