धरान : भेडेटारको साँगुरीगढी पाथीभरा सामुदायिक बनमा आईतबार साँझ देखि लागेको डढेलो  दुई दिन पछि नियन्त्रणमा आएको छ ।

धनकुटाको साँगुरीगढी गाउपालिका वडानं. ६ कोलबोटेबाट आईतबार साँझ ५ बजे देखि सुरु भएको डढेलो सोमबार दिनभरी नियन्त्रण गर्न खोजे पनि नियन्त्रण हुन सकेको थिएन ।

डढेलो नियन्त्रणका लागि प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, सामुदायिक वनका पदाधिकारी तथा वन समुहका सदस्यहरु , स्थानियबासी र होटल एसोसिएसन भेडेटारका पदाधिकारीको टोलीले मंगलबार मध्यान्हमा नियन्त्रणमा आएको इलाका प्रहरी कार्यालय भेडेटारका सई यदुकुमार खडकाले जानकारी दिएका छन् ।

डढेलो नियन्त्रण गरी सकेपछि डढेलो क्षेत्रमा प्रबेशगरी कोईला र आगोलाई पुर्णरुपमा नियन्त्रण गरेको बताईएको छ । डढेलोबाट साँगुरीगढी पाथीभरा सामुदायिक बन क्षेत्रको ४० प्रतिशत बन क्षेत्र जल्दा ठुला रुख पात क्षति नभएकोले करिब २५ लाख बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय भेडेटारले जनाएको छ ।