धरान : लकडाउन उल्लङ्घन गर्ने ३४ मोटरसाइकल सहित ५ जनालाई मङ्गलवार धरान प्रहरीले नियन्त्रणमा लिएको छ ।

सरकारले कोरोना भार्ईरसको जोखिमका कारण चैत्र ११ गते देखि लकडाउन घोषणा गरेको तेस्रो चरणको लकडाउन अन्तर्गत मङ्गलवार मोटरसाइकल सहित मानिसलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डिराज न्यौपानेले जानकारी दिएका छन् ।

उनीहरूलाई लकडाउन फेरी पनि उल्लङ्घन नगर्ने सर्तमा छाडिएको प्रहरीले जनाएको छ ।