इटहरी : नेकपा इटहरीको तर्फवाट इटहरी उपमहानगरको प्रकोप ब्यवस्थापन कोषमा ४ लाख ५५ हजार रकम हस्तान्तरण भएको छ ।

इटहरी उपमहानगरको फुड वैकमा नेकपा इटहरीले दुई हजार किलो चामल जम्मा गरेको छ । नगरप्रमुख द्धारिकलाल चौधरीका अनुसार इटहरीकै पूरानो मध्येका एक विद्यालय जनता माध्यमिक विद्यालयका विद्यार्थीहरुले खाजा खर्च कटाएर जम्मा गरेको एक एक रुपियाँ वाट एक लाख एक हजार रकम इटहरी उपमहानगरको प्रकोप ब्यवस्थापन कोषमा हस्तान्तरण भएको छ ।

यस्तै इटहरीकै पूरानो राष्ट्रिय जागृती क्लव वाट एकाउन्न हजार जनता क्यामपस इटहरी प्राध्यापक संघ र कर्मचारी संघको तर्फवाट ७३ हजार १ सय ४३,रिजाल्स भिजन पार्टी प्यालेस इटहरीको तर्फवाट ५१ हजार रकम प्रदान गरिएको छ । पूर्व कृषि राज्य मन्त्री रामकुमारी चौधरीले उपमहानगरको प्रकोप ब्यवस्थापन कोषमा १ लाख ११ हजार दिने घोषणा गरेकी छिन् । यस्तै कस्तुरी कलेज इटहरीले उपमहानगरको प्रकोप ब्यवस्थापन कोषमा एकलाख ११ हजार रकम दिने घोषणा गरेको छ ।