धरान : विश्वभरी महामारीको रुपमा फैलिरहेको  कोरोना भाइरसको संक्रमणको जोखिमलाई मध्यनजर गरेर नेपाल सरकारले लकडाउन घोषणा गरेको आज १७ औं दिन पुगेको छ ।

Untitled-3

यो समाचार तयार पारुन्जेल विश्वभर कोरोना भाइरसको संक्रमितको संख्या १५ लाख १८ हजार ७ सय १९ पुगेको छ भने मर्नेको संख्या ८८ हजार ५ सय २ पुगेको छ । त्यसैगरी निको हुनेको संख्या ३ लाख ३० हजार ५ सय ८९ रहेको छ ।
नेपालमा संक्रमितको संख्या ९ पुगेको छ । विश्वभर महामारीकोरुपमा फैलिरहेको कोरोना भाइरसको जोखिमबाट जोगिनका लागि सरकारले गरेको लकडाउन धरानमा व्यापक उल्लंघन भएको पाईएको छ ।

Untitled-2- 8

स्वास्थ्यको लागि भन्दै विहान र बेलुकी मर्निङवाक र इभिनिङवाक गर्नेहरु धरानका सडकभरी भेटिन्छन् । यस्तोमा लकडाउन उल्लंघन गर्नेहरु जान्ने बुझ्नेनै बढी देखिन्छन् । बाटोमा डिउटीमा बस्ने प्रहरीले सम्झाउदा उल्टै प्रहरी माथि अनर्गल गाली गर्ने गरेका घटना पनि छन् । लकडाउन भनेको कोरोना भाइरसको जोखिमबाट बच्नका लागि घरैमा बस्नु हो । तर जानेर बुझेर पनि बजारका सडक र गल्लीहरुमा अटेरीहरु धेरै भेटिने गरेका छन् ।

धरानको मुख्य सडक, विजयपुर क्षेत्र, साविकको बिष्णुपादुकाको चिण्डेडाडा, माछामारा लगायतका क्षेत्रमा अटेरी शहरीयाहरु पुगिरहेका हुन्छन् । अटेरीहरु यसरी गाउँ बस्तीमा पुगेपछि स्थानियबासी त्रसित हुनेगरेका छन् । प्रशासनले लकडाउनको बेला कडाइ गर्न खोजे पनि लकडाउन धरानमा प्रभावकारी पट्टकै भएको छैन । अझ पछिल्लो समय तरकारीमा सहज होस भनेर धरान उपमहानगरपालिकाले विभिन्न वडाहरुमा खुद्रा पसललाई पनि तरकारी बेचविखनका लागि अनुमति दिए पछि झन भिडभाड बढेको देखिन्छ । सामान्य दुरी समेत निर्धारण गरेको देखिदैन ।

Untitled-7 2

नेपालमा कोरोना भाइरसको संक्रमण दोश्रो चरणमा पुगेको भनिरहँदा लकडाउनमा अटेरी गर्नेहरुले झन जोखिम बढाईरहेको भन्दै विजयपुरका स्थानिय बासिन्दा आफैले विजयपुरका विभिन्न ठाउँमा सुचनानै टाँसेका छन् । आदर्श समाज विजयपुर धरानले विजयपुरका विभिन्न क्षेत्रमा सुचना टाँस गरेको आदर्श समाजका सचिब टिकाराम घिमिरेले बताए । उनी भन्छन् “अब प्रहरी प्रशासन होईन स्थानियबासी आफै जाग्नु पर्ने भयो ।’’ प्रहरीको पनि त्यही भनाई छ “लकडाउनको बेलामा घरैमा बसौ घर बाहिर ननिस्कौ ।’’
Untitled-4 7
नेपालमा कोरोना भाइरस संंक्रमणको दोश्रो चरणमा पुग्नुको मुख्य कारण यही अटेरीपनले भएको टेकु अस्पताका अनुसन्धान इकाईका संयोजक डा. सेरबहादुर पुन बताउछन् । विदेशबाट आउँदा आफै सचेत भएर क्वारेनटाईनमा बसिदिएको भए यस्तो हुने थिएन । तर विदेशबाट आएर सुटुकै बस्ने र आफुमा भएको संक्रमण अरुलाई पनि सर्ने भएकोले यस्तो भएको हो । डा. पुन भन्छन् “लकडाउनको बेलामा घरैमा बसांै र सुरक्षित रहौं । ’’

डा. पुनले भने “घरमा बस्दा भने खानपानमा ध्यान दिनुपर्छ ।’’ घर बाहिर ननिस्किदा खाएको कुरा पनि मज्जा नपच्न सक्छ त्यसैले खानेकुराहरुमा ध्यान दिनुपर्छ । विश्वमा महामारीकोरुपमा फैलिरहेको यो कोरोना भाइरसको जोखिलाई ध्यान दिएर सरकारले घोषणा गरेको लकडाउनलाई इमान्दारीपुर्वक पालना गरौं ।

Untitled-1

लकडाउनको उल्लंघन गरेर बारिह निस्किने अटेरीपनलाई आजै देखि छोडेर सुरक्षित बस्नुपर्ने चिकित्सकहरुको सुझाब छ ।