धरान : धरान उपमहानगरपालिका वडानं. ४ मा एक महिलालाई बलात्कार गरेको आरोपमा एक जनालाई धरान प्रहरीले पक्राउ गरेको छ ।

बुधबार राति धरान ४ बस्ने बर्ष ४२ जित बहादुर राईले एक ५४ की महिलालाई पिडितको घरमा बोल्न कराउन नदिई जवरजस्ती करणी गरेको भन्ने पिडितको जाहेरीको आधारमा उनलाई प्रहरीले पक्राउ गरेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

उनलाई पक्राउ गरी सुनसरी जिल्ला अदालतबाट जरुरी पक्राउ पुर्जी स्विकृत भई जवरजस्ती करणी मुद्दामा अनुसन्धान भई रहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।