धरान : सरकारले घोषणा गरेको लकडाउनबाट दैनिक हात मुख जोड्न समेत कठिन परिस्थितिमा रहेका २ सय २३ परिवारलाई धरान वडा नम्बर १८ ले राहत वितरण गरेको छ ।

राहत स्वरुप वडाले १० किलो चामल, ४ किलो आलु, १ लिटर तेल, २ किलो दाल र साबुन प्रदान गरेको वडा अध्यक्ष नरेन्द्र कुमार राइ ( प्रबिन ) ले बताए ।
राहत बितरण प्रक्रिया सहज बनाउनका लागी वडाका ६ वटै टोल बिकास समिती, राजनैनिक दलका प्रतिनिधी तथा स्थानिय सयपत्री महिला समुहलाइ परिचालन गरिएको थियो ।

“हामिले वडाका बिपन्न परिवार पहिचान गर्यौ , अनि उहाँहरुलाइ टोकन दिएका थियौ र सोहि टोकनका आधारमा दश जनालाइ एक चरणमा बोलाएका थियौ र क्रमशः बितरण गरिरहेका छौ“ रत्न मार्ग टोल बिकाश समितिका अध्यक्ष ज्योती राइले बताईन ।

यो अत्यन्तै जोखिमको समय भएकोले हामिले विस्व स्वास्थ्य संगठन (डब्लु एच ओ) तथा नेपाल सरकारले जारि गरेको मापदण्ड अनुरुप सामजिक दुरिको पुर्ण पालना गराएका छौ र सोहि अनुरुप कुर्सी मिलाएर राखी दिएको वडा सदस्य जमुना मोक्तानले बताईन् ।