धरान :  कोरोना भाइरसको जोखिम दिनानुदिन बढदै गईरहेको बेला सुनसरीको सिमा क्षेत्रमा बसोवास गर्ने स्थानियबासी आफै जागरुक हुन थालेका छन् ।

दैनिक सिमा वारपार गरीरहने सिमा क्षेत्रका बासिन्दा यतिबेला कोरोना भाइरसले भारतमा अत्यन्तै जोखिम बढेकोले सुनसरी जिल्लाको सिमा क्षेत्रमा बसोवास गर्ने स्थानियबासीहरु सजग र सचेत भएको संञ्चारकर्मी मिकाईल आलमले बताए ।

Sima.1

उनका अनुसार पहिले भारतबाट आउने आफनो कोही भए लुकाउने गर्दथे भने अहिले नयाँ मानिस आफ्नो गाउँ टोलमा देखिए तुरुन्त जनप्रतिनिधि वा सुरक्षाकर्मीलाई स्थानियबासीले फोन गरेर जानकारी दिन थालेका छन् ।
विगतमा सिमा क्षेत्रमा सशस्त्र प्रहरीले मात्रै खटदै आएकोमा अहिले स्थानियबासी लकडाउनको बेलामा घरैमा बसी सुरक्षाकर्मीलाई सहयोग गर्न थालेका छन् ।

सुनसरी जिल्लाको स्थानिय निकायहरुमा स्थानिय सरकारले आआफ्नो तरिकाले लकडाउनलाई कडा पारेको बताउदै सुनसरीका प्रमुख जिल्ला अधिकारी राजेश पौडेलले पछिल्लो समय सिमा क्षेत्रका बासिन्दा सचेत भएको बताए ।

Sima.2

उनका अनुसार सुनसरी जिल्लाको ६२ किलो मिटरको सिमा क्षेत्रमा पहिले ९ स्थानमा मात्रै बोर्डर आउट पोष्ट थिए भने अहिले १० वटा थप भएका छन् । सिमा क्षेत्रको ५० स्थानमा शसस्त्र प्रहरीले र १५ स्थानमा नेपाल प्रहरीले सिमा क्षेत्रको निगरानी गरीरहेको प्रमुख जिल्ला अधिकारी राजेश पौडेलले बताए ।

विगतमा ५, ६ किलोमिटरको दुरीमा बेसक्यामहरु थिए । तर अहिले २ किलो मिटरको दुरीमा बेसक्याम राखिएकोले पनि सिमा क्षेत्रमा सुरक्षा अवस्था कडा भएको सशस्त्र प्रहरी बल ४ नम्बर गण सुनसरीका प्रमुख प्रहरी उपरिक्षक (एसपी) कृष्ण ढकालले बताए । भारतसंग सिमा जोडिएको सुनसरीको ६२ किलो मिटर क्षेत्रमा अहिले शसस्त्र प्रहरी र जनपथ प्रहरी गरी ६५ स्थानमा सिमा क्षेत्रको निगारानी भईरहेको छ ।

यो संगै स्थानियबासी पनि आफै जागरुक हुन थाले पछि अहिले सुुनसरीको सिमा क्षेत्रको सुरक्षा अवस्था अत्यन्तै कडा भएको दाबी गरिएको छ ।