इटहरी : उपमहानगरको उपमेयर सुत्केरी भेट कार्यक्रम अन्तरगत उपमेयर लक्ष्मी गौतमले तीन जना सुत्केरीको घरमै पुगेर पोषिलो खानेकुरा प्रदान गरेकी छन् ।

इटहरी १ की सृजना थापा, वडा नम्वर ६ की गीता तिवारी र वडा नम्वर ४ की भीम कुमारी लिम्बू घरमा पुगेर पोषणयुक्त खाद्यन्न र न्यायो कपडा वितरण गरेकी हुन् । इटहरी अस्पतालमा प्रसुती गराएका महिलाका घरमा महिनाको एक पटक पुगेर पोषणयुक्त खानेकुरा प्रदान गर्ने उपमहानगरको कार्यक्रम अन्तरगत सुत्केरी भेटन उपमेयर घर घर पुग्ने गरेकी हुन् ।

लक डाउनकै वेला यसअघि पनि पाँच जना सुत्केरीको घर पुगेर उपमेयरले राहत उपलब्ध गराई सकेकी छिन् । लकडाउनका वेला श्रीमानहरु प्नि काममा गएर कमाएर ल्याउन नपाउदा सुत्केरी महिलाले खानै समेत नपाउने अवस्था हुन नदिन उपमहानगर सचेत रहेको उपमेयर गौतमले वताईन ।