धरान : धरानमा लकडाउन उल्लंघन गर्ने १ सय ४६ जनालाई आज नियन्त्रणमा लिईएको छ ।

धरान प्रहरीले शुक्रबार साँझ देखि थालेको विषेश अभियान अन्र्तगत आज आईतबार साँझ पनि इभिनिङवाक र घर बाहिर निस्किएका ५८ जनालाई नियन्त्रणमा लिई पव्लिक हाईस्कुलको खेलमैदानमा प्रहरीले ल्याई दुई घण्टा पछि छाडेको छ ।

Lokdaun-20-Days-1

धरानमा ब्यापक लकडाउन उल्लंघन भएको बताईरहदा प्रहरीको यो अभियानले साँझ र विहान घर बाहिर निस्किनेहरु घटन थालेका छन् । धरानका विभिन्न स्थानबाट नियन्त्रणमा लिई पव्लिक हाईस्कुलको खेलमैदानमा ल्याएर कोरोना भाइरस सम्वन्धी जानकारी दिएर प्रहरीले सर्वसाधरणलाई छाड्दै आएको छ ।

Lokdaun-20-Days

लकडाउन उल्लंघन गरी सवारी चलाउनेहरुको सवारीको चाबी प्रहरीले नियन्त्रणमा लिने र लकडाउन पछि मात्रै चाबी सवारी धनीलाई प्रहरीले दिने बताएको छ ।

शुक्रबार साँझ देखि यता मात्रै धरानमा ४ सय ९ जनालाई प्रहरीले नियन्त्रणमा लिई सकेको छ । प्रहरीको यो अभियान लकडाउन अबधिभर जारी रहने इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिएका छन् ।