इटहरी : जनता क्यामपस इटहरीमा इटहरी उपमहानगरले निर्माण गरेको क्वारेण्टाइनमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले १२ जनालाई पठाएको छ ।

सुनसरी बर्जुको मस्जिदबाट प्रहरीले नियन्त्रणमा लिएर वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वाब परीक्षण गर्न पठाएका ११ जना भारतीय र १ जना नेपालीलाई जनता स्कुलको क्वारेण्टाइनमा राखिएको हो ।
उनीहरु सवैको स्वाब परीक्षण गर्दा कोरोना संक्रमण नभएको पाइएको इटहरी अस्पतालका इमरजेन्सि इन्चार्ज  राम कुमार धमलाले जानकारी दिएका छन् ।

यसैबिच जनता बहुमुखी क्याम्पसमा निर्माण गरेको क्वारेन्टाइनलाई लायन्स क्लब अफ इटहरी सुनसरीले वासिङ मेसिन प्रदान गरेको छ । लायन्स क्लब इटहरीका अध्यक्ष दिब्यराज कोइरालाले ७० हजार मुल्य बराबरको लुगा धुने मेसिन उपमेयर लक्ष्मी गौतमलाई हस्तान्तरण गरेका हुन् ।

Wassing-Mecine

लायन्स क्लवको यो सहयोग क्वारेण्टाइनका लागि महत्वपूर्ण रहेको उपमेयर गौतमले बताईन् । क्वारेण्टाइन पछि सो वासिङ मेसिन इटहरी अस्पतालमा प्रयोगमा ल्याइने इटहरी अस्पताल इमरजेन्सि इन्चार्ज धमलाले वताए । जनता क्यामपस इटहरीमा उपमहानगरले सय वेडको सुविधा सम्पन्न क्वारेण्टाइन निर्माण गरेको छ । क्वारेण्टाइनमा वाइफाई, टेलिभिजन,सिसी क्यामेरा समेत जडान गरिएको छ ।