इटहरी : इटहरी उपमहानगरले अनाथ वालवालिका,जेष्ठ नागरिक र महिला वस्ने आश्रमहरुमा ताजा साग सब्जि उपलब्ध गराएको छ ।

इटहरी उपमहानगरकी उपप्रमुख लक्ष्मी गौतमले इटहरी स्थित मायाघर, अनाथ वाल आश्रम, भ्वाइस अफ चिल्ड्रेन र जनता स्कुलमा राखिएका सडक मानवहरुका लागि एक हप्तालाई पुग्ने ताजा साग सब्जि सम्वन्धित ठाँउमै पुर्याएकी हुन् ।

ती ठाँउहरुमा सब्जि नभएर समस्या भएको गुनासो आएपछि ताजा साँग सब्जी पुर्याएको उपमेयर गौतमले वताईन् । उनका अनुसार मायाँघरमा ८० जनालाई,अनाथ आश्रममा ३५जनालाई,भ्वाइस अफ चिल्डेनमा ३५ जनालाई र जनता स्कुलमा १८ जनालाई एक हप्ता पुग्ने गरि आलु ,प्याज,बन्दा,भान्टा रायो,लट्टे,मटरकोसा,मुला,काक्रा,गाँजर, सलगम टमाटर ,खोर्सानी ,अदुवा लगायतको सब्जि उपलब्ध गराइएको हो ।