धरान : लकडाउनको बेलामा  सुन पसलकाे सटर फुटाई चोरी गर्ने दुई  युवालाई इलाका प्रहरी कार्यालय धरानले पक्राउ गरेको छ ।

शनिबार राति धरान ११ मा रहेको सपना ज्वेलर्सकाे ढोका फुटाई १ लाख ४० हजार मुल्य बराबरका चाँदीका बिभिन्न गरगहना चोरी भएको प्रहरीले जनाएको छ । चोरी गर्ने मानिसहरुको खोजतलास गर्दा चोरी भएको चाँदीको गरगहना र लागु औषध खैरो हिरोइन ५, ५ सय मिलिग्राम सहित दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा धरान-१७ बगान टोल बस्ने २९ कर्षिय दनि राई र धरान-११ श्रीजना चौक बस्ने १९ बर्षिय हिमाल राई रहेकाे इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।
उनीहरुको सुनसरी जिल्ला अदालतबाट चोरी तथा लागु औषध मुद्दामा म्याद थप भई अनुसन्धान भईरहेको छ ।

उनीहरुको साथबाट थान २ मोबाईल सेट समेत फेला परेको प्रहरीले जनाएकाे छ