धरान : खोटाङको बाह्रपोखरी गाउँपालिका-१ मा श्रीमतीले खुकुरी प्रहार गर्दा श्रीमानको घटनास्थलमै मृत्यु भएको छ ।

सोमवार दिउँसो १ बजे ५० बर्षीया मेनुका राईले निजकै श्रीमान ५० बर्षकै छ कुमार राईलाई एक्कासी खुकुरी प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय खोटाङ बजारले जनाएको छ ।

घटनास्थलमा उक्त कार्यालयबाट प्रहरी टोली खटि गई श्रीमानलाई खुकुरी प्रहार गर्ने मेनुका राईलाई पक्राउ गरेको छ भने मृतकको कानूनी प्रकृया पुरा गरी शव परिक्षणको लागि जिल्ला अस्पताल गाईघाट पठाएको छ । साथै अन्य थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।