धरान : धरान प्रहरीले जतिनै लकडाउन पालना गर्न र गराउन आग्रह र पहल गरेर अभियान चलाए पनि धरानमा अटेरीले प्रहरीलाई टेरेनन् ।

Ateri-2

धरानमा लकडाउनको बेलामा घर बाहिर निस्किने र लकडाउन व्यापक उल्लंघन हुन थालेपछि इलाका प्रहरी कार्यालय धरानले साँझ र विहान लकडाउनलाई कडाई गर्न थाल्यो । गएको शुक्रबार देखि विहान मर्निङवाक र साँझमा इभिनिङवाक हिडनेहरुलाई प्रहरीले नियन्त्रणमा लिई पव्लिक हाईस्कुलको खेलमैदानमा पुर्याएर २ घण्टा कोरोना भाइरसको बारेमा जानकारी दिदै छाडेको छ ।

Ateri-1

यति गर्दा पनि धरानमा अटेरीले प्रहरीलाई पट्क्कै टेरेनन् । नेपालमा कोरोना भाइरस संक्रमितहरुको संख्या बढदै गईरहेको बेलामा धरान उपमहानगरपालिकाले समेत लकडाउनलाई कडाई पार्ने भनिरहदा धरान जस्तो सभ्य शहरका अटेरीहरुले लकडाउनको बेलामा हिडेर जोखिम बढाईरहेका छन् । लकडाउन उल्लंघन हुन थालेपछि प्रहरीले थालेको अभियानमा निकै आलोचना गर्नेहरु पनि सामाजिक सन्जालमा देखिए । धेरैले प्रहरीको राम्रो काम भनेका छन भने अधिकांसले नराम्रो भनेर आलोचना गरेका छन् । यसरी प्रहरीको काम प्रति आलोचना गर्नेहरु अधिकांस धरानका बुद्दीजिविहरुनै सामाजिक सन्जालमा देखिए । सामाजिक सन्जालमा लकडाउन हटाउनुपर्छ भन्ने पनि थिए । तर पनि नेपालमा कोरोना भाइरस संक्रमितको संख्या बढदै गएपछि सरकारले पुनः चौथोपटक लकडाउनको समय थप गरेको छ ।

धरान कोरोनाको उच्च जोखिममा रहेको र यहा भारतीय तरकारी व्यापारीहरुको बढी आउजाउ हुने भएकोले आज देखि धरान १३ को कृषि बजार बन्द गरिएको छ । धरानमा लकडाउनको बेलामा अटेरीहरुले जोखिम बढाएको धरान उपमहानगरपालिका वडानं. १३ का वडाध्यक्ष नेत्रप्रसाद काफ्लेले बताए । उनी भन्छन् “ कृषि बजार मात्रै होईन, धरान प्रवेश गर्ने सबै नाकाहरुनै सिल गर्नुपर्छ ।” यसबारेमा धरान उपमहानगरपालिकाका मेयर तिलक राईले पनि कोरोनाको जोखिम क्षेत्र धरान भएकोले उच्च सर्तकता अपनाउने बताएका छन् ।

धरान उपमहानगरले प्रदेश सरकारलाई धरानको लकडाउन अवधिभरको कामको प्रगति प्रतिबेदन बुझाउदै धरानका नाकाहरुमा कसरी कडाई गर्ने भनेर छलफल गरेपछि उपमहानगरपालिकाले थप निर्णय गर्ने बताएका छन् । विश्वमा महामारीकोरुपमा फैलिरहेको कोरोना भाइरसको जोखिमबाट बच्न सरकारले लकडाउन घोषणा गरेको अवस्थामा पनि सर्वसाधरण घर बाहिर निस्किने क्रम अझै धरानमा नरोकिनु दुःखको कुरो हो ।

Ateri

लकडाउन उल्लंघन गर्ने ३६ जना पक्राउ
लकडाउन उल्लंघन गर्ने ३६ जनालाई आज पनि धरान प्रहरीले पक्राउ गरेको छ ।

विहान मर्निङवाक गर्नेहरुलाई प्रहरीले नियन्त्रणमा लिईएको इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिएका छन् ।

विहान धरानका विभिन्न स्थानबाट प्रहरीले मर्निङवाकमा हिडिरहेका सर्वसाधरणलाई पक्राउ गरी दुई घण्टा कोरोना सम्वन्धी जानकारी दिएर छाडिएको छ ।

यसैगरी विहान लकडाउन उल्लंघन गर्दे मोटरसाईकल र स्कुटर चलाएकोमा ४ वटा मोटरसाईकल र ४ वटा स्कुटर प्रहरीले नियन्त्रणमा लिएको छ ।

आजदेखि धरान प्रबेश गर्ने नाकाहरुबाट कुनै पनि तरकारीजन्य वस्तु बोकेको सवारी साधन प्रबेश गर्न नदिएको डिएसपी न्यौपानेले बताएका छन् । भरौल, पानबारी क्षेत्रबाट आउने तरकारीका गाडीलाई पनि प्रबेश गर्न नदिइएको बताईएको छ ।