धरान : बेसार र अदुवाको मुख्य उत्पादन क्षेत्र मानिएको साविकको विष्णुपादुकाका सर्वसाधरणको अवस्था बुझ्न मेयर तिलक राई बुधबार २० नम्बर वडाको विष्णुपादुका पुगेका छन् ।

विष्णुपादुकामा विषेशगरी कृषिजन्य बस्तुहरुको अवस्था के कस्तो छ ? राहत वितरणमा के भईरहेको छ भन्ने बारेमा बुझ्न साविकको विष्णुपादुका हालको धरान २० नम्बर वडा पुगेको मेयर राईले बताएका छन् ।

विष्णुपादुका क्षेत्रमा अधिकांस किसानको अम्रिसो, अदुवा र बेसार विक्रि नभएर घरैमो थन्किएको पाएकोले ती बस्तुलाई कसरी बजार सम्म पुर्याउने भन्ने बारेमा किसानसंग छलफल भएको छ ।

छलफलका क्रममा मेयर राईले लकडाउनको बेलामा किन्ने र बेच्ने उपमहानगरले बातावरण तयार गर्ने मेयर राईले बताए । उनले सो क्षेत्रको कृषिजन्य वस्तुको खरिद विक्रि गर्दे आएका व्यापारी तिलक साम्पाङ राई संग समेत टेलिफोनमा बार्ता गरी विष्णुपादुकाका किसानहरुको समस्यालाई सम्वोधन हुने गरी काम गर्ने बारेमा छलफल भएको बताए ।

अहिले विष्णुपादुका क्षेका अधिकांस किसानकै घरमा सुकेको बेसार, अम्रिसो र अदुवा रहेकोले यसलाई बजार सम्म पुर्याएर बेच्नका लागि आफुले पनि धरान उपमहानगरपालिकासंग समवन्य गर्ने व्यापारी साम्पाङले बताएका छन् ।

विष्णुपादुकामा मात्रै विष्णुपादुका क्षेत्र र बराहाक्षेत्र नगरपालिकाको सुर्यकुण्डको गरी ५० टन भन्दा बढी बेसार उत्पादन हुने र विष्णुपादुकामा मात्रै सय टन भन्दा बढी अम्रिसो उत्पादन हुने गर्दछ ।

बेसारकै हाराहारीमा अदुवा पनि उत्पादन हुने गरेको व्यापारी तिलक साम्पाङ राईले बताए । लकडाउनको कारण किसानहरुलाई कृषिजन्य बस्तु बजार सम्म पुर्याउन समस्या भएको छ ।

प्रदेश सरकारलाई प्रतिवेदन बुझाउन भोली जाने

धरान उपमहानगरपालिकाले प्रदेश सरकारलाई लकडाउन अवधिभरीको काम उल्लेख गरिएको प्रतिवेदन बुझाउन भोली जाने भएको छ ।

आज जाने समय तय भएको भए पनि विराटनगरमा भारी बर्षाका कारण आजको कार्यक्रम स्थगित भएको मेयर तिलक राईले बताए ।

लकडाउनको बेला उपमहानगरपालिकाले गरेको कामको बारेमा जानकारी दिने प्रतिवेदन बुझाउदै धरानमा लकडाउनलाई थप प्रभावकारी कसरी बनाउन सकिन्छ भन्ने विषयमा समेत मुख्यमन्त्रीसंग छलफल गर्ने बताईएको छ ।

भोली विहान ११ बजे मेयर तिलक राईको नेतृत्वमा उपमेयर मञ्जु भण्डारी सुबेदी र उपमहानगरको प्रमुख प्रशासकिय अधिकृतको टोली विराटनगर जाने बताईएको छ ।