धरान : धरानको पानवारीमा लकडाउन उल्लङ्घन गरेको भन्दै प्रहरीद्वारा एक जना स्वास्थ्य कर्मी कुटिएका छन् ।

धरान २० बिष्णुपादुकाको स्वास्थ्य चौकीमा हेल्थ असिस्टेन्टको रूपमा कार्यरत स्वास्थ्य कर्मी चन्द्रप्रकाश खनाललाई पानवारी प्रहरी चौकीका प्रमुख सई भेषबहादुर राउतले पाइपले कुटपिट गरेको पीडितले बताइएका छन् । साम्पाङ चोकबाट पानवारीमा एक जना बिरामीको नियमित ड्रेसिङ गर्न जानेक्रममा आज बिहान सेउती पुल र स्कुल डाँडाको बिचमा आफू स्वास्थ्यकर्मी भएको जानकारी गराउँदै परिचयपत्र देखाउँदा समेत प्रहरीले कुटपिट गरेको उनले बताएका छन् । प्रहरीले पाइपले कुटेको र कुटपिटबाट घाटी नजिकैको भागमा सुम्ला बसेको छ ।

कुटपिटको सम्बन्धमा पानवारी प्रहरी चौकीका प्रमुख सई भेषबहादुर राउतलाई टेलिफोन मार्फत बुझ्दा उनलाई लिएर चौकी आउनु भन्ने प्रतिक्रिया कपुरी न्युजलाई दिए । उनले यसबारेमा आफूले स्वास्थ्यकर्मीलाई गरेको दुर्व्यवहार बारेमा खुलेर केही बताउन चाहेनन् ।

यो घटनाको सम्बन्धमा अहिले धरान उपमहानगरपालिका अन्तर्गतको स्वास्थ्य संस्थामा काम गर्ने स्वास्थ्यकर्मीहरुको आकस्मिक भेला धरान उपमहानगरपालिकामा हुदैछ ।

swasthya-Karmi-kutpit