धरान : शुक्रवार छिमेकी जिल्ला उदयपुरको सदरमुकाम त्रियुगा नगरपालिकाको वडानं.३ भुल्केको मस्जिदमा बसेका १ नेपाली सहित १२ भारतीय नागरिकमा कोरोना सङ्क्रमण भएको पाइएपछि अहिले धरानवासीले सतर्कता अपनाउन थालेका छन् ।

Baishak-6-7
धरान-चतरा सडक खण्ड

शुक्रवार साँझ धरान उपमहानगरपालिकाको पश्चिमी नाका धरान चतरा सडक खण्ड सिल गरिएसँगै धरानका टोल टोलमा समेत सर्वसाधारणले आफै अवरोध राखेर बाटो छेक्न थालेका छन् ।

Warda-no-1-A
धरान १ बा बासिन्दाले सडकमा टाँसेको सुचना

धरान चतरा सडक खण्ड आसपासका केही वडा र गाउँ टोलका बासिन्दा आफै मिलेर गाउँ टोलका बासिन्दा मिलेर लकडाउन उल्लङ्घन गरेर घुम्ने डुल्नेहरूलाई कराउन थालेका छन् । धरान १७ का केही टोलमा बाटो अवरुद्ध गरेर अपरिचित मानिसहरूलाई सोधी खोजी गर्न थालिएको छ ।

Baishak-6-3
धरान १७ का बासिन्दा सडक छेक्दै

यसै गरी यता धरान १ का बासिन्दाहरूले पनि धरान अपरिचित मानिसको आवतजावतमा निषेध भन्दै सडक अवरुद्ध गर्न थालेका छन् । लकडाउन उल्लङ्घन गर्नेहरूलाई प्रहरीले कारबाही गरिरहँदा स्थानीय धरानबासी आफै सचेत हुन थालेका केही उदाहारणहरु धरानमा देखिन थालेका छन् ।

Warda-no-1
धरान १ को सडक

त्यति मात्रै होइन छिमेकमा कोही धरान बाहिरबाट आएका नौलो मानिस देखे भने वडाका जनप्रतिनिधिहरू र प्रहरीलाई खबर पनि गर्न थालेका छन् । यस्ता कुराहरूले गर्दा के अब साँच्चै धरानेहरु कोरोना सङ्क्रमणको जोखिमबाट सचेत भएकै हुन त ?

Baishak-6-4
धरान १७ को रेल्वे चौक
Baishak-6-2
लकडाउनमा रत्नचौक