धरान : प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरीले लकडाउनको अबधिमा १ हजार ३ सय २ वटा सवारी साधनलाई कारबाही गरेको छ ।

लकडाउन उल्लङ्घन गर्दे सवारी चलाउने प्रदेश नं. १ को १४ जिल्ला मध्ये सबै भन्दा बढी सुनसरी जिल्ला देखिएको छ । प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरीका प्रमुख एसपी भीमबहादुर दाहालका अनुसार लकडाउन अबधिमा सुनसरीमा मात्रै अटो ट्याम्पो २८, ट्रिफर ट्रयाक्टर ४, मोटरसाइकल, स्कुटर ४ सय ३७ र साइकल ६२ गरी जम्मा ५ सय ३१ वटा सवारी नियन्त्रणमा लिइएको छ ।

Traffic-2

यसै गरी झापा जिल्लामा अटो ट्याम्पो १०, ट्रिफर ट्रयाक्टर ८, कार, जिप, बलेरो ४, मोटरसाइकल स्कुटर २ सय ५८ र साइकल २६ गरी ३ सय ६ वटा, त्यस्तै मोरङमा अटो ट्याम्पो २, कार, जिप, बलेरो ५, मोटरसाइकल स्कुटर १ सय ४३ गरी जम्मा १ सय ५०, उदयपुरमा अटो ट्याम्पो १२, कार, जिप, बलेरो १, मोटरसाइकल स्कुटर ४८ र साइकल ७१ गरी १ सय ३२ वटा सवारी ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रदेश नं. १ को इलाम जिल्लामा एउटा पनि सवारी कारबाहीमा नपरेको प्रदेश १ ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।
Traffic-4
लकडाउनको अबधिमा सबै भन्दा बढी सवारी चलाएर लकडाउन उल्लङ्घन सुनसरी जिल्लामा भएको देखिन्छ । केही दिन अघि सम्म लकडाउनको बेलामा चलाइएको सवारी साधन केही समय नियन्त्रणमा लिएर साँझमा सवारी धनीलाई फिर्ता दिईदै आएकोमा ४ दिन यता देखि लकडाउनको बेलामा नियन्त्रणमा लिइएका सवारीसाधन लकडाउन सकिएपछि मात्रै फिर्ता दिने प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरीका प्रमुख एसपी भीमबहादुर दाहालले जानकारी दिएका छन् ।

Traffic-3

लकडाउनलाई कार्यान्वयनमा ल्याउनकालागि अव ट्राफिक प्रहरी पनि विभिन्न अभियानका साथ अघि बढेको एसपी दाहालले बताए ।

कोरोना भाइरसको सङ्क्रमणको जोखिमलाई मध्यनजर गरेर सरकारले लकडाउन घोषणा गरेको भन्दै एसपी दाहालले भने “लकडाउनको उल्लङ्घन नगरौँ, घरमै बसेर कोरोना भाइरसलाई पराजित गरौँ ।”