धरान : १ नम्बर प्रदेश प्रहरी कार्यालयको प्रमुखमा ईश्वरबाबु कार्की आउने भएका छन् ।

एसएसपीबाट डिआइजीमा बढुवा भएका नेपाल प्रहरीका दश जना अधिकृतलाई आज दर्ज्यानी चिन्ह प्रदान गरिएसँगै पदस्थापन समेत गरिएको छ ।

जस अनुसार प्रदेश १ को प्रहरी प्रमुख भएर ईश्वरबाबु कार्की आउने भएका हुन् । बढुवा भएका १० डिआइजी मध्ये ७ जनालाई ७ वटै प्रदेश प्रहरीको नेतृत्व दिइएको छ ।

प्रदेश १ को तत्कालीन प्रहरी प्रमुख डिआइजी ठाकुर प्रसाद ज्ञवाली बढुवा हुँदै नेपाल प्रहरी प्रमुख भएपछि प्रदेश १ मा प्रहरी प्रमुख पद रिक्त रहेको थियो ।