इटहरी : जनता क्याम्पस इटहरीमा रहेको क्वारेण्टाइनमा रहेका सवैजनाको आरडिटि परीक्षण गरिएको छ ।

त्यहाँ रहेका सवै ५८ जनामा आरडिटि टेष्टको रिर्पोट नेगेटिभ रहेको इटहरी अस्पतालका इमरजेन्सी इन्चार्ज रामकुमार धमलाले जानकारी दिएका छन् । जनता क्याम्पस इटहरीमा रहेको क्वारेण्टाइनमा ३६ जना भारतीय,१५ जना नेपाली र ७ जना नेपाली नागरिक छन ।

जनता क्याम्पसमा इटहरी उपमहानगरले सय वेडको क्वारेण्टाइन वनाएको हो । इटहरी अस्पतालमा आरडिटि परीक्षण गरिदै आएको छ ।