धरान : धरान १४ बिजयपुरका कृषिमा आश्रित रहेका कृषकहरूलाई १४ नम्वर वडाअध्क्ष कृष्ण प्रसाद भट्टराईले उन्ननत विऊ नि:शुल्क वितरण गरेका छन् ।

गत चैत ११ गतेवाट लकडाउन भएकोले कृषकलाई खेतिपातिमा आत्मनिर्भर बनाउनका लागि खेति किसानमा आश्रितहरूलाई लक्षित गरि एक सय चौविस कृषक परिवारलाई  जग्गाको क्षेत्रफल हेरेर मकै, फर्सि, काक्राको विऊ नि:शुल्क  वितरण गरेको अध्यक्ष भट्टराईले बताएका छन् ।

मकै छर्ने सिजन लगभग 'सकिसक्यो न त ट्याक्टर छ न त विऊ' भन्दै कृषकले गुनासो गरेपछि कृषि वाटिकावाट कृषक पचास किलो उन्नत जातको मकै कृषक वडा वासिलाई वितरण गरिएको हो ।

अहिले बिजयपुरमा तिनवटा ट्याटर समेत उपल्बध रहेको र धमाधम कृषकहरू खेतिपाति गरिरहेका छन् ।
उन्नत जातको मकै पाएपछि कृषक पनि खुशी भएका छन् । लकडाउनको बेलामा कृषकलाई विउ उपलब्ध गराएकोमा वडाध्यक्षलाई वडाबासीले धन्यबाद दिएका छन् ।