धरान : लकडाउनका कारण घर जान नपाएका विद्यार्थीहरुलई केन्द्रीय प्रविधि क्याम्पस हात्तीसारले उद्धार गरेको छ ।

लकडाउनको ३० औ दिनका दिन केन्द्रीय प्रविधि क्याम्पस हात्तीसारले धरानमा लक भएर बसेका ३६ जना विद्यार्थीहरुलाइ उद्धार गरेको छ । क्याम्पसका स्वबियु सभापति सौरभ सन्जेलका अनुसार उनीहरूलाई क्याम्पसको गाडी प्रयोग गरेर सुरक्षित तरिकाले घर घर पुर्‍याइएको हो । क्याम्पसले धरान स्थित महेन्द्र बहुमुखी क्याम्पस र पिण्डेस्वर क्याम्पसका विद्यार्थीहरूलाई समेत घर पुर्‍याइदिएको छ ।

विद्यार्थीहरुलई लकडाउनका कारण खान सारै समस्या भई रहेको थियो । सुरु सुरुमा त हामीले चामल लगायत अन्य खाद्यान्नहरू प्रदान गरेका थियौ तर लकडाउन अनिश्चित भएको कारण उनीहरूलाई सुरक्षित स्थान पुर्‍याउनु उत्तम विकल्प भएको कारण घर घरमा पुर्‍याएका हौ सन्जेलले बताए । १८ जना इलाम, १८ जना झापाका विद्यार्थीहरूलाई घर पुर्‍याइएको छ ।

क्याम्पसका विद्यार्थीहरूलाई उदार गर्ने प्रस्ताव बिध्यार्थिहरुबाट आयो, मैले प्रशासन सँग समन्वय गर्दा जानु भने, यो हाम्रो दायित्व पनि थियो, त्यसैले आज हाम्रो र अन्य क्याम्पसका विद्यार्थीहरूलाई सुरक्षित तरिकाले घर पठाउन पाउँदा हामी क्याम्पस परिवार निकै खुसी छौ, निमित्त क्याम्पस प्रमुख सह प्राध्यापक डा. दिल कुमार लिम्बुले बताए ।