धरान : धरान १३ स्थित कृषि उपज बजार स्थलबाट आज बिहानै ३५ टन तरकारी बिक्री भएको छ ।

एक साता सम्म बन्द रहेको कृषि उपज बजार स्थल आज देखि खुल्ने निर्णय भएसँगै आज बिहान साढे ४ बजे देखि निर्धारित समय ९ बजे सम्ममा सो परिमाणको तरकारी कृषि उपज बजार स्थलबाट धरानका २० वटै वडामा लगिएको कृषि उपज बजार स्थलका व्यवस्थापक लक्ष्मण भट्टराईले जानकारी दिएका छन् ।

Krishi-Bazar-6

उनका अनुसार आज पहिलो दिन भएकोले र वडाले दिने सिफारिस अझै आउन बाँकी रहेकोले पहिलो दिन धरान उपमहानगरका सबै वडामा तरकारी पठाइएको छ । पालो सिस्टम आज लागु हुन नसकेको बताइएको छ । भोलि देखि भने धरान उपमहानगर स्तरीय तरकारी आपूर्ति उपसमितिले निर्णय गरे बमोजिम १० वडामा एक दिन र अर्को बाँकी १० वडामा अर्को दिन तरकारी वितरण गरिने छ । वडाहरूमा सम्बन्धित वडाका वडाध्यक्षहरूले समन्वय गर्नेछन् ।

Krishi-Bazar-7

एक साता बन्द रहेको कृषि उपज बजार खुल्ने भएपछि गए राति अनुमान गरिएको भन्दा बढी तरकारी जन्य बस्तु कृषि बजारमा आई पुगेको छ । हिजो देखि गए राति सम्ममा ६० टन भन्दा बढी तरकारी कृषि बजार भित्रिएकोले उपभोत्ताहरुलाई तरकारीजन्य बस्तुमा नआत्तिन व्यवस्थापक लक्ष्मण भट्टराईले आग्रह गरेका छन् । लकडाउनका कारण तरकारीजन्य बस्तु किसानको खेतीमा थुप्रै स्टक रहेकोले तरकारी आयातमा धरानमा कुनै समस्या नहुने बताइएको छ ।

कृषि उपज बजार स्थलले तरकारी खरिदका भोलि देखि लागु हुने गरी समय तालिका तोकेको छ । सम्बन्धित वडाले दिएको फोटो सहितको सिफारिस पत्र लिएर तरकारी बिक्री गर्ने विक्रेताहरूले बिहान साढे ४ बजे देखि कृषि बजार पुगेर तरकारी खरिद गर्न सक्ने तालिका वडावाईज सार्वजनिक गरेको छ ।
तालिका हेर्नुस् :  

Talika