इटहरी : इटहरी उपमहानगरको पहलमा लकडाउनको समयमै ट्याङग्रापूल मर्मत थालिएको छ ।

पूर्व पश्चिम सडक खण्डस्थित इटहरी बजार हुँदै बग्ने ट्याङग्रापूल मर्मत थालिएको हो । हार्डवेयर वाट सामान उपलब्ध गराउन पहल गर्ने र सुरक्षाको जिम्मेवारी लिने भनेपछि सडक डिभिजन कार्यालयले काम सुरु गरेको उपमेयर लक्ष्मी गौतमले जानकारी दिएकी छिन् । हार्डवेयर सँग समन्वय गरेर समान उपलब्ध गराइएको उपमेयर गौतमले बताइन् ।

लामो समयदेखि पुल मर्मत नहुदा समस्या हुँदै आएको थियो । केही समय अघि नै टेन्डर लागि सकेको भए पनि कोरोना त्रासका कारण मर्मतको काम सुरु हुन सकेको थिएन । ट्याङग्रापूल हुँदै दैनिक सयौँ सवारी साधन आउजाउ गर्ने गर्दछन् ।