धरान : लकडाउनका कारण काठमाडौँमा अडकिएका धरानबासी करिब २ सय जना आज धरान आई पुगेका छन् ।

2 धरान उपमहानगरपालिका धरान काठमाडौँ सम्पर्क मञ्चले संयुक्तरुपमा काठमाडौँमा रहेका धरानेहरुलाई उद्धार गरी धरान ल्याएको हो । हिजो धरान उपमहानगरपालिकामा बसेको सर्वदलीय बैठकले काठमाडौँबाट अव देखि नल्याउने भन्ने निर्णय गरेसँगै हिजो हिँडेका धरानका करिब २ सय जना अहिले धरान आई पुगेका छन् । ५ वटा बस र केही माईक्रोबसमा आई पुगेका उनीहरूलाई अहिले धरानको प्रवेशद्वार तीनकुनेमा प्रतिष्ठानको चिकित्सकले यात्रुहरूको स्वास्थ्य परीक्षण (ट्रेसिङ) गरिरहेको छ ।

3 काठमाडौँबाट यसरी उद्धार गर्दा कोरोना सङ्क्रमणको जोखिम बढेको भन्दै दलका नेताहरूले यसो नगर्न धरान उपमहानगरपालिकालाई सुझाव दिए पछि आज देखि काठमाडौँबाट उद्धार गर्ने कार्य रोक्ने निर्णय भएको छ । यो निर्णयसँगै आज अन्तिम भएकोले धेरै मानिस एकै पटक आएको हुन सक्ने बताइएको छ । उद्धार समितिका संयोजक धरान १७ का वडाध्यक्ष मनोज भट्टराईले यात्रुहरूको लिष्टिङ गरिरहेको र के कति सङ्ख्यामा आए भन्ने बारेमा पूर्ण विवरण प्राप्त नभएको बताएका छन् ।

4