धरान : आइतबार साँझ धरानको दुर्गा चौकमा भएको मोटरसाइकल दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ ।

नेपाली काँग्रेसका सुनसरी जिल्ला समिति सदस्य धरान-१६ निवासी माधव घिसिङका छोरा वर्ष २४ को विशाल घिसिङको मोटरसाइकल दुर्घटनामा परि मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

आमाको बर्थ डेकालागि को ३४ प १०३९ नम्बरको मोटरसाईकलमा सामान किन्न जाँदै गर्दा दुर्गा चौकमा दुर्घटनामा परेका थिए । गम्भीर घाइते अवस्थामा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक कक्षमा पुर्याउदा उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए ।

मृतक विशाल घिसिङ काँग्रेस नेता माधव घिसिङका एक्लो छोरा रहेको धरान-१८ का वडाध्यक्ष प्रवीण राईले जानकारी दिएका छन् ।