धरान : १३० औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा सामाजिक संस्था होप धरानले २५ मजदुर परिवारलाई खाद्यान्न सहयोग गरेको छ ।

बिहीबार सन्ध्या इन होटेलमा २५ मजदुर परिवारलाई सामाजिक दुरी तथा सतर्कता कायम गरी कोभिड–१९ को कारण कोरोनाको सङ्क्रमणको माहामारिमा कुनै पनि मजदुरहरू भोकै नबसुन् भन्ने उद्देश्यले २० जना यातायात मजदुर र ५ जना रिक्सा मजदुर गरी दैनिक मजदुरी गरिहरेका परिवारलाई चामल,दाल, सब्जी,मसला,नुन, तेल वितरण गरेको छ ।

हङकङ निवासी धरान १७ का मधुकुमार चाम्लिङ परिवारको विशेष सहयोगमा खाद्यान्न सहयोग गरेको होप धरानका अध्यक्ष निश्चल पलिखेले बताए । नेपाल यातायात मजदुर सङ्गठनको तर्फबाट समेत ५,५ किलो चामल २५ जनालाई खाद्यान्न सहयोग गरेको थियो ।

यातायात मजदुर सङ्गठन धरानका नगर अध्यक्ष कमल भट्टराई र सदस्य रविन अधिकारीको समेत उपस्थित रहेको कार्यक्रममा अध्यक्ष भट्टराईले यातायात मजदुर , रिक्सा मजदुर खाद्यान्न अभाव भएमा सहयोग गर्ने आश्वासन समेत दिएका थिए ।