धरान : धरान उपमहानगरपालिकाले स्वीकृति नलिई तरकारी आयत गरी बिक्री वितरण गर्ने एक जनालाई धरान उपमहानगरपालिकाले २५ सय रुपैयाँ जरिवाना गरेको छ ।

धरान १ शिखर चोक बस्ने दावा शेर्पाले वडाको स्वीकृति बिना मुल्यसुचि भन्दा मंहगो मूल्यमा तरकारी बिक्री गरेको भन्दै धरान उपमहानगरपालिकाले २५ सय जरिवाना तिराएको हो ।

उनले पहाडबाट तरकारी आयात गरी आफ्नो घरमा आफूखुसी बेचबिखन गर्दे आएका थिए । राति तरकारी धरान बजारमा झारी वडाको स्वीकृति विना बेच विखन गरेका कारण उनको ढक तराजु धरान नगर स्तरीय साग सब्जी अनुगमन समितिले नियन्त्रणमा लिएको थियो ।

उनलाई धरान उपमहानगरपालिकाकारले स्पष्टीकरण दिन शेर्पालाई धरान उपमहानगरपालिका हिजो वोलाएको थियो । तर उनी हिजो धरान उपमहानगरपालिका नगएको भन्दै २५ सय रुपैयाँ जरिवाना तोकेको हो ।