धरान : अन्जुमन ईस्लामिया धरानले २४० विपन्न परिवारलाई खाद्यान्न सहयोग गरेको छ ।

एक हप्ता पुग्ने गरी वितरण गरिएको खाद्यान्नमा चामल, दाल,नुन,प्याज सब्जी, पापड, जुस चिया पत्ति गरी १३ प्रकारको खाद्यान्न रहेको अन्जुमन ईस्लामियाका सचिव अफाक अहमदले जानकारी दिए ।

३ नम्बर वडाध्यक्ष आसकुमार श्रेष्ठ र संस्थाका सदस्यद्वारा निम्नआयस्तर भएका परीवारहरुको नामावली संकलन गरेर २४० परिवारलाई खाद्यान्न सहयोग गरेको अहमदले जानकारी दिए ।

मुस्लिम समुदायको रोजा (रमजान) को अवसरमा  खाद्यान्न सहयोग गरिएको हो । खाद्यान्न वितरण धरान तिन स्थित मस्जिद अगाडि भएको थियो । खाद्यान्न वितरण कार्यक्रमको उद्घाटन धरान उपमहानगरपालिकाका नगर प्रमुख तिलक राईले गरेका थिए ।