झापा : झापाको मेचीनगरस्थित बाल सुबोधिनी आधारभूत विद्यालयमा आज परेको चट्याङका कारण ठुलो क्षति पुगेको छ ।

विद्यालयका प्रधानाध्यापक विश्व थापाका अनुसार चट्याङ परेपछि विद्यालयमा आगलागी समेत भएको थियो । आज दिउँसो चट्याङले विद्यालयको विधुतीय सामग्रीमा ठुलो क्षति पुर्‍याएको प्रअ थापाले जानकारी दिए ।

चट्याङले गर्दा आगलागी हुँदा मिटर बक्स सहित सबै वायरिङ जलेर नष्ट भएको छ । विद्यालयका कक्षा–कक्षामा जडान गरिएका २७ वटा पङ्खा र मोटरमा क्षति पुगेको छ । सो घटनाले विद्यालयमा ठुलो नोक्सान पुगेको थापाको भनाई छ ।