धरान : कपुरी न्युज डटकममा धरान उपमहानगरपालिका वडा नं ३ भानु स्मृति मार्गकी चारदिने सुत्केरी जुलि मरिकको लकडाउनमा परेको असरबारे समाचार प्रकाशन भएपछि उनलाई होप धरानले खाद्यान्न सहयोग गरेको छ ।

सुत्केरी भएको अवस्थामा नवजात शिशुलाई स्याहार गर्न र सुत्केरीले खाने ज्वानो समेत नभए पछि जुलिले सहयोगको अपिल गरेकी थिइन् । समाचार प्रकाशन भएपछि होप धराका अध्यक्ष निश्चल पलिखेले उनलाई खाद्यान्न सहयोग गरेका थिए । सुत्केरी लाई हर्लिक्स, तेल, ज्वानो, मुसुरी दाल, पेम्पस , सागसब्जी आदि दिएर सहयोग गरिएको छ ।