पथरी : लकडाउनका कारण सामाजिक भत्ता लिन वैक सम्म पुग्न नसक्ने वृद्ध र असहायका लागी पथरीशनिश्चरेको १० नम्बर वडाले घरमै सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउन सुरु गरेको छ ।

वडा अध्यक्ष सागर राईको अग्रसरतामा वृद्ध र असहाय लाई घरमै पुगेर भत्ता उपलब्ध गराउन थालिएको अध्यक्ष राईले जानकारी दिए । स्थानीय देव विकास बैकका कर्मचारी र वडा जनप्रतिनिधिको टोली सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउन सेवाग्राहीकै घरमा पुग्दै आएको राईले जानकारी दिए ।

कोरना भाइरसको सङ्क्रमण नफैलियोस् भनी सरकारले ‘लकडाउन’गरेको वेला वृद्ध र असहायलाई बैक सम्म जान नपरोस् भनेर सो कार्य गरिएको हो । भत्ता पनि सामाजिक दुरी कायम गरी वितरण गरिँदै आएको छ । बैकमा भिड नहोस् भनेर पनि यो कार्य गरिएको अध्यक्ष राईले जानकारी दिए ।