धरान : धरान उपमहानगरपालिकाको वडानं. ५ देउरालीमा आज एक जनाले झुण्डिएर आत्महत्या गरेका छन् ।

धरान ५ देउरालीका २७ वर्षीय सुनिल ढुङ्गेलले आफ्नो घरको कोठाको विममा झुन्डिएर आत्महत्या गरेको अवस्थामा फेला पारिएको इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक हेमराज ओलीले जानकारी दिए ।

मृतकको शवको मुचुल्का उठाई पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान ल्याइएको छ । घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।